About Us

संस्थाको परिचय

नाम : चम्किला तारा महिला बचत तथा ऋण सहकारी संस्था लि.
ठेगाना : चन्द्रागिरि,१२, बलम्बु हरियाली, काठमाडौं ।
स्थापित मिति : २०७१/०१/१६
कार्यक्षेत्र : चन्द्रागिरि नगरपालिका भित्र सिमित
संस्थापक सदस्य : २६ जना
कूल सम्पती : ८,५९,४६,८२४।५९।–

जम्मा सदस्य :१०२७

समुदायमा आधारित सुरक्षित, विश्वासिलो र गुणस्तरीय सदस्यमैत्री साकोस ।

सदस्यको समृद्ध जीवन यापनको निमित्त समुदायमा उपलब्ध स्रोतसाधन र प्रविधिको उपयोग गर्दै सदस्यहरुलाई सहकारी शिक्षा, वित्तिय साक्षरता परामर्श तालिम साथै विपे्रषण सेवा, बिमा सेवा र सहज तथा सुलभ तरीकाले वचत ऋणको कारोवार सेवाबाट सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने ।

Introduction of Co-operative

Name of Co-operative: Chanmkila Tara Mahila Savings & Credit Co-operation lies in Chandragiri Municipality 12, BalambuHariyali Kathmandu. This Cooperative was established on 2071-01-16 and covers the municipality. There were 26 founding members and total assets during the established times was Rs 1,32,600. Fiscal year 2076/077 the total assets and members of this Co-operative is 8,59,46,824.59 and 1027 respectively.

The visionof the Co-operative

  • Community based safe, trustworthy and quality member – friendly SACCOS.

The goal of the Co-operative

  • To develop the members financially, socially and culturally through cooperative education, financial literacy counseling training as well as remittance service, insurance service easy and accessible saving loan transaction service to the members using the resources and technology available in the community for the prosperous life of the members.

संस्थाका उद्देश्यहरु

  • सदस्यहरुलाई स्वस्थ प्रतिस्प्रधात्मक दरमा ब्याज प्रदान गर्ने ।
  • उत्पादनशील क्षेत्रमा लगानी गर्ने ।
  • विमा र रेमिटेन्सको गुणस्तरीय सेवाको पहुंच सदस्य तथा समुदायमा पु¥याउने ।
  • सदस्यहरुलाई उद्यमी र व्यवसायी बनाउने ।
  • सदस्यहरुलाई विभिन्न किसिमका सीपमूलक तालिम योजना कार्यक्रम संचालन गरी रोजगारी सृजना गर्ने ।
  • संस्थामा आवद्ध सदस्यहरुलाई मितव्ययिताको भावना जाग्रित गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
  • अन्य सहकर्मी सहकारी संस्थाहरुसित सहकार्य गर्दै सहकारी अभियानमा अघि बढ्ने ।
  • सदस्य र संस्थागत हितको लागि सदैव प्रयासरत रहने ।
  • समाजका कमजोर आय भएका विपन्न वर्गका व्यक्तिहरुलाई आवश्यक सहयोग गर्ने ।
  • सामुदायिक उत्तरदायित्व अन्तर्गत रहेर संस्थागत गतिविधि संचालन गर्ने ।

स्थापनाको संक्षिप्त विवरण

संस्था स्थापना सम्बन्धी प्रारम्भिक भेला : २०७०/१२/०८
प्रस्ताव र निर्णयहरु : शान्ति महिला विकास समूहलाई सहकारी संस्थामा दर्ता गर्ने, तदर्थ समिति गठन, सदस्यहरु संस्थाको नाम ठेगाना र कार्यक्षेत्र, मस्यौदा तयारी समिति र चुक्ता पुंजी सम्बन्धमा
दर्ता मिति :२०७१/०१/१६ गते ।
कार्य क्षेत्र : चन्द्रागिरी नगरपालिका ।
तदर्थ समितिको पहिलो बैठकः २०७१/१२/१८ गते ।
दर्ता नं.: ४२३२
उद्देश्य : आर्थिक, सामाजिक र सांस्कृतिक विकासबाट सदस्यहरुलाई शसक्तीकरण गर्ने ।
संस्थापक अध्यक्ष : तारा राना
लेखासूपरीवेक्षण समितिको संयोजक : मंजु शाख
संस्था दर्ता भएको कार्यालय : जिल्ला सहकारी कार्यालय, बिजुली बजार, काठमाडौं ।
संचालक समितिको संख्या : ७ जना
ऋण उपसमितिको संख्या : ३ जना
ऋण उपसमिति संयोजक : रेणु पोखरेल
संस्थाको कार्यालय संचालन : चन्द्रागिरि, १२, हरियाली काठमाडौं ।

अन्य सेवा तथा सुविधाहरु

संस्थाले सदस्यको आवस्यक्ता र हितलाई केन्द्रित गर्दै हरेक सुख दुःखमा संस्थाको साथ र सहयोग रहनुपर्छ भन्ने अभिप्रायले निम्नानुसार सेवा सुविधाहरु दिंदै आईरहेको छ :

  • नवजातशिशु तथा सुत्केरी भेटघाट कार्यक्रम,
  • मुठ्ठीदान कार्यक्रम,
  • उत्कृष्ट कारोवार गर्ने (बचत तथा ऋण) सदस्य सम्मान,
  • एस.ई.ई. मा ए प्लस ल्याउने वाल बचत सदस्यलाई नगद सम्मान तथा पुरस्कार,
  • ज्येष्ठ नागरिक सदस्य सम्मान,
  • सहकारी शिक्षा सदस्यहरुलाई तालिम,
  • सहभागितामूलक समूहगत बचत परिचालन कार्यक्रम,
  • एकल महिला सम्मान कार्यक्रम,
  • मोटिभेस्नल क्लास कार्यक्रम (कर्मचारी र संचालक),
  • स्वास्थ्य शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम,
  • बाल सदस्यलाई वर्थ डे केक प्रदान,
  • ज्येष्ठ नागरिक सदस्यहरुलाई तिर्थस्थल तथा मन्दिर भ्रमण,
  • जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यव्रmम,
  • मिति : २०७१ साउन ११ गते देखि मिति २०७३ साउन सम्म प्रत्येक महिनाको ११ गते गाउँघर क्लिनिक कार्यक्रम संचालन गरि सम्पन्न गरियो ।
  • ३६५ दिन कार्यालय खुलाई कारोबार गर्ने कार्यको सुरुवात गरिएको ।
  • कार्यालय समय बिहानी र बेलुकी सेवा (बिहान ७ः०० बजे देखि बेलुका ७ः०० बजे सम्म) सुरुवात गरिएको
  • सार्वजनिक बिदाको दिन बिहान ७ः०० बजे देखि ९ः०० बजे सम्म ।
  • कोरोना राहत कोष खडा तथा वितरण

Sunday- Friday

07:00 AM – 07:00 PM

Saturday:

07:00 AM – 09:00 AM